ग्लोबल टिभि
शुक्रबार, भदौ २५, २०७८
0
अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच शुक्रबार बिहानै टेलिफोनमा वार्ता भएको छ।
सात महिना पछि सीको अमेरिकासँग उच्चस्तरिय फोनवार्ता भएको हो। फोनमा राष्ट्रपति सीसँग बाइडेनले ‘व्यापक रणनीतिक छलफल गरेको’ ह्वाइटहाउसले जनाएको छ।
अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिएर तालिबान सत्तामा आएपछि दुई शक्ति राष्ट्रका प्रमुखबीच भएको यो पहिलो छलफल हो।
अन्तराष्र्टि«य संचारमाध्यमहरूले राष्ट्रपति बाइडेनले यो वार्ता ‘आफ्नो प्रतिस्पर्धीलाई जिम्मेवारी पूर्वक व्यवस्थापन गर्ने प्रयास थियो’ भनेका छन्।
तालिबान सरकार पाकिस्तान, चीनसँग नजिकिइरहेका बेला बाइडेनले सीसँग फोनमा कुराकानी गरेका हुन्।
Post Views: 675
Leave a Reply