अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन एमसिसीको टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटगरेको छ ।
बिहीबार काठमाडौं आएलगत्तै शिर्ष नेताहरुसंगको भेटघाटमा व्यस्त एमसीसी टोलीले आज माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटेको हो । आजै टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग पनि भेट गर्नेछ ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले आएकै दिन बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेको छ। ४ दिने नेपाल भ्रमणमा आएको एमसीसी टोली हरेक राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरिरहेको हो ।
एमाले अध्यक्ष ओलीले एमसीका सम्बन्धमा सत्तारुढ गठबन्धनको धारण आएपछि मात्र पार्टीले निर्णय गर्ने स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि संसदबाट पारित गर्ने तयारीमा हुँदा सत्ता गठबन्धनकै माओवादी के्रन्द्र र एकीकृत समाजवादी भने एमसीसीलाई जस्ताको तस्तै स्वीकार गर्न नसकिने अडानमा छन्।
Leave a Reply