प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा वडा अधिवेशन सुरु, जिल्ला सभापति मल्ल समूहले गरे बहिस्कार

 ग्लोवल टि.भी.      शुक्रबार, भदौ २५, २०७८      0

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा आज वडा अधिवेशन भएको छ । क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला डडेल्धुरामा शुक्रबार वडा अधिवेशनसुरु भउको हो ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन भएको हो । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलो भएको हो ।निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

२७ वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । यद्यपि जिल्ला सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन बहिस्कार गरेको छ । मल्ल पक्षको वहिस्कारका बीच अधिवेशन जारी छ । सभापति मल्ल, उपसभापति करुणकर भट्ट लगायत भने अधिवेशन प्रक्रियामा सामेल भएका छैनन् ।  करिब ४५ वडाका सभापतिले विज्ञप्ति जारी गरेरै अधिवेशनमा सहभागी जनाइसकेको बुझिएको छ ।

जिल्ला सभापतिका दाबेदार भीम बहादुर साउदले सबै भ्रातृ तथा शुभेच्छुक संस्था र जनप्रतिनिधिको सहभागिता रहेको बताए । जिल्लाभर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राख्दा जिल्ला सभापतिले अस्वीकार गरेको साउनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *