प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा आज वडा अधिवेशन हुँदै

 ग्लोवल टि.भी.      शुक्रबार, भदौ २५, २०७८      0

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा आज वडा अधिवेशन हुँदैछ । क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन हुन लागेको हो ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन हुन लागेको हो ।महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलो भएको हो ।

डडेल्धुरामा क्रियाशील सदस्यता विवादका कारण जिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन स्थगनको सूचना जारी गरेका थिए । तर निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै २५ भदौमै अधिवेशन हुने जनाएका थिए ।

कांग्रेस जिल्ला कार्यसमितिले करिब ५ हजार आठ सयको क्रियाशील सदस्यता सूची पठाएकोमा केन्द्रले पाँच सय जनाको नाम हटाएको र तीन सयको नाम थप गरेको आरोप जिल्ला सभापति मल्लको छ । तर अर्को पक्षले भने समायोजनबाट आएका क्रियाशील सदस्यता सूची जिल्लाले इन्ट्री नगरेका कारण केन्द्रबाट थपिएको र जिल्लाले एकपक्षीय रुपमा क्रियाशील सदस्यता पठाएको दावी गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *