प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मागे मन्त्रीहरुको नामावली

 ग्लोवल टि.भी.      शुक्रबार, भदौ २५, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् ।

शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेको बताइएको छ ।

प्रधानमन्त्रीले मनत्री परिषद विस्तारमा एकदमै ढिलो भइसकेको भन्दै अब छिटो मन्त्रिपरिषदलाई पूर्णता दिन पार्टीमा सल्लाह गरेर मन्त्रीहरु टुंगो लगाउनुन सत्ता गठबन्धनका नेताहरुसंग आग्रह गरेका हुन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।कांग्रेस सभापति देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएपछि अहिलेसम्म सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *