कांग्रेस देशभर प्रर्दशनमा

 ग्लोवल टि.भी.      सोमवार, मंसिर २९, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसले आज देशभर प्रर्दशन गर्दै छ ।विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ ।

सरकारको ज्यादती, भ्रष्टाचार, कोभिड महामारीमा सरकारको उदासिनता लगायतका बिषयलाई प्राथमिकताका साथ उठाँउदै कांग्रेसले प्रर्दशन गरेको हो ।
तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलप्रति गरिएको दुब्यर्बहारको पनि कांग्रेसले भत्सर्ना गरेको छ । यो बिषय पनि प्रर्दशनमा कांग्रेसले उठाउने छ ।
बिरोध सभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा हेटौंडा पुगेका छन्, बरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौंमा सम्बोधन गर्ने छन् । सह महामन्त्री डा प्रकाशशरण महत झापा, अर्का नेता डा रामशरण महत चितवन, नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर दोलखा पुगेका छन् ।

प्रदर्शनमा भौतिक दुरि राख्न,मास्क अनिवार्य लगाउन पार्टी सदस्य र शुभचिन्तकलाई आग्रह गरिसकिएको पनि कांग्रेसले जनाएको छ ।

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *