पूर्वमन्त्री आलम विरुद्धको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन

 ग्लोबल टिभि      शुक्रबार, भदौ २५, २०७८      0

पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेसी तोकिए पनि उक्त मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।

नेपाली काँग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

आलमलाई सरकारी वकिलले तत्कालीन समयको कानुन अनुसार कर्तव्य ज्यानमा २० वर्ष, ज्यान मार्ने कसुरमा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्षगरी ३२ वर्षको सजाय मागदावी गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *