सदनमा शुक्रबारको बैठक पनि बुधरबार झै घम्साघम्सीबीच चल्यो । शुक्रबारको संसद बैठक बुधबार भन्दा झन रोचक बन्यो, अर्थमन्त्री जनार्दन शर्माको अवरोधको बीचमा पनि प्रस्ताव पारित गराउने शैलीले रोचक बनेको हो । उनले एमालेको अवरोधको बाबजुत पनि छापामारी शैलीमा तीन वटा विधेयक टेबल गरी पारित गरेरै छाडे ।
प्रतिनिधि सभाको शुक्रबारको बैठक अलि फरक भिन्न देखियो। संसद कुनै पनि हालतमा चल्ने नदिने प्रतिपक्षी एमालेको रणनीतिबीच शुक्रबारको दृष्य रोचक र चमत्कारीपूर्ण देखियो । शुक्रबार बैठकमा पनि घम्साघम्सी चल्यो भने नाराबाजीकै बिचमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई अगाडि बढाइरहे। त्यही बिचमा अर्थमन्त्री जनार्दन शर्माले छापामार शैलीमा रोष्टम पुगे ।सभामुख विरुद्ध उत्रिएको एमालेले सरकारले पेश गर्ने प्रतिस्थापन विधेयक रोक्ने निकै जमर्काे ग¥यो ।एमालेको निरन्तर विरोध भइरहेपनि सभामुख अग्नि सापकोटाले पेलेरै बैठक अघि बढाइरहे । एमालेले संसदीय मर्यादको नारा लगाएर बैठकमा नाराबाजी गरिरह्यो ।
एमाले सांसदहरुले शुक्रबारको बैठक सुरु हुन नपाउँदै दौडिएर रोष्ट्रम अगाडि आएर नारावाजी गरेका थिए। पहिलो बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे। दोस्रो बैठमा पनि एमालेले अवरोध जारी राखेपछि सभामुख सापकोटा अघि बढीरहे ।शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ , राष्ट्र ऋण उठाउने विधेयक २०७८ र विनियोजन विधेयक २०७८ प्रस्ताव पेश गरे। अर्थमन्त्री शर्माको प्रस्ताव लिएर गएको दृश्य निकै रोचक देखियो। एमाले सांसदहरुले उनलाई रोक्न त खोज्दै थिए। तर,उनी छापामार शैलीको अघि एमाले सांसदहरु नै जिल्ल परे । अर्थमन्त्री शर्मा एमाले सांसदको अवरोधलाई झुक्याउँदै रोष्ट्रममा पुगे र उनी रोष्ट्रममा जाने बेलामा मर्यादा पालकसँग एमालेका सांसदको भने घम्साघम्सी चलिरहेको थियो । घम्साघम्सीको मौका छोपेर रोष्ट्रममा पुगेका अर्थमन्त्री शर्माले प्रस्तावलाई सोझै पेश गरेका थिए। अर्थमन्त्री शर्माले विनियोजन विधेयकको प्रस्तावलाई पनि संसदमा पेश गरे र उनको प्रस्तावलाई बहुमत सांसदले पारित गरे ।
शुक्रबारको बैठकमा शर्माले तीन वटा अध्यादेश पेश गरेर र पारित समेत गराए। यी तीनवटै अध्यादेश पूरा नहोउन्जेल उनी रोष्ट्रमको छेउमै बसिरहे। सामान्य अवस्थामा हुन्थ्यो भने यी तीनवटा प्रस्ताव र त्यसमाथि उठ्ने प्रश्नको जवाफ दिन दिनभर लाग्ने गर्दथ्यो । तर, शुक्रबारको संसद बैठकमा एमाले अवरोधले छिटो पारित गरियो । तर, शुक्रबार बैठकमा सांसदले उठाएको प्रश्नको छोटो जवाफ दिए र अन्ततः उनले प्रस्ताव गरेका अध्यादेश संसदको बहुमतले पारित ग¥यो। शुक्रबारको सदनभित्र एमालेको अवरोधको बाबजुत पनि अर्थमन्त्री शर्माले अध्यादेश पारित गराएरै छाडे ।अवरोधको बीचपनि छापामारी शैलीमा उनले प्रस्ताव पारित गराएरै छाडे ।
Leave a Reply