कांग्रेसको १४ औ महाधिवेशन कार्यतालिका फेरबदल गर्न प्रस्ताव

 ग्लोबल टिभि      शुक्रबार, भदौ २५, २०७८      0

नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरबदल हुने भएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गर्ने तयारी भइरहेको कांग्रेसले बताएको छ।

कांग्रेसका अनुसार बाँकी जिल्लाको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गर्नेबारे छलफल भइरहेको छ । कांग्रेसका एक नेताका अनुसार ‘प्रदेश र केन्द्रको महाधिवेशन पुरानै मितिमा गर्ने गरी बाँकीको अधिवेशन कम्तीमा एक साता पर सर्न सक्छ ।’ संसद अधिवेशन चलिरहेकाले सांसदहरु काठमाडौं बाहिर जान नमिल्ने हुँदा महाधिवेशन कार्यतालिका संशोधन गर्न लागिएको बताइएको छ ।

प्रस्तावित कार्यतालिका अनुसार बाँकी जिल्लाको वडा अधिवेशन ५ असोज, पालिकाको ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १३ असोजमा गर्ने उल्लेख छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १६ असोजमा गर्ने प्रस्तावित कार्यतालिकामा रहेको एक नेताले ग्लोबल टेलिभिजनलाई बताए ।

वडा अधिवेशन देशभर एकैदिन गर्ने भनिए पनि अहिलेसम्म जम्मा ५७ जिल्ला मात्रै वडा अधिवेशन भएको छ । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *