दोलखामा कांग्रेसको नगर, गाउँ अधिवेशन तोकिएकै मितिमा

 ग्लोबल टिभि      शुक्रबार, भदौ २५, २०७८      0

दोलखाका ९ वटै स्थानीय तहको गाउँ नगर अधिवेशन तोकिएकै मितिमा हुने भएको छ।यस अघि निर्धारित मिति अनुसार २०७८ भाद्र २७ गते नै सम्पन्न गर्ने आज बसेको जिल्ला कार्यसमितिले निर्णय गरेको छ।

जिल्ला कार्यसमितिले अधिवेशनको विषयमा भ्रममा नपर्न पनि सम्वद्ध सबैलाई आग्रह गरेको छ। निर्धारित मितिमै अधिवेशन हुने भएकोले वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।

अधिवेशनलाई सर्वसम्मत तरिकाले भव्य र सम्य बनाउन पनि दोलखा कांग्रेसले सबैमा अनुरोध गरेको छ। दोलखामा ७ गाउँपालिका र २ नगर गरी ९ स्थानीय तह छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *