विद्यार्थी नेता कापडी क्षेत्रीय प्रतिनिधि निर्वाचित

पिता धनीराम पनि क्षेत्रीय प्रतिनिधि चुनिए

 ग्लोबल टिभि      शुक्रबार, भदौ २५, २०७८      0

डडेल्धुरा : नेपाल विद्यार्थी संघका केन्द्रीय नेता दुर्गा कापडी नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न वडा अधिवेशनबाट उनी निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिकाको वडा नं ५ बाट उनी निर्वाचित भएका हुन् । उनी त्यस क्षेत्रको चर्चित नेता हुन् ।

कापडीसँगै उनका पिता धनीराम कापडी समेत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । कापडीकै परिवारबाट उनकी आमा हरिनादेवि कापडी र श्रीमती भागिरथी पन्त कापडी कार्यसमिति सदस्य चुनिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *