एमसीसी उपाध्यक्ष फतिमाको नेपाल भ्रमण सन्देश

एमसीसी परियोजना दलहरुका लागि निल्नु न ओकल्नु

 ग्लोवल टि.भी.      शनिबार, भदौ २६, २०७८      0

एमसीसी परियोजना नेपालका लागि ओकल्नु न निल्नु झै भएको छ। शासकहरुको अक्षमता र अकर्मण्यताले वैदेशिक अनुदानले पनि नेपाली राजनीतिमा ठूलो तरंग ल्याइदिएको छ।एमसीसी परियोजना नेपालका लागि हित छ या छैन, भन्नेमै दलका शीर्ष नेताहरु अलमलमै देखिए। सत्ता सडिक र सदनमै एमसीसीप्रतिको बुझाइ फरक फरक छ। सरकार आफै एमसीसी के हो भन्नेमै अलमल भएको प्रष्ट भएको छ।एमसीसीको विषयमा ११ प्रश्न सोधेको सरकारले आफै अनविज्ञता दर्शाएको थियो । सरकारको कूटनीतिक क्षमतामा समे प्रश्न उठेको थियो । यतिमात्रै होइन, एमसीसीको विषयमा सत्ता गठबन्धनमा फरक फरक मत छ, सरकारमै रहेका मन्त्रीहरुको पनि फरक फरक धारणा छ। यस्तै बेला एमसीसी उपाध्यक्ष फतिमा जेड सुमारले नेपाल भ्रमण गरिन्।बिहीबार नेपाल आएसंगै उनले विपक्षी दलका नेता, सत्ता गठबन्धनका नेतादेखि सरकारका मन्त्री प्रधानमन्त्रीसम्मलाई भेट्नमै व्यस्त रहिन् । उनले जस जसलाई भेटिन् उनीहरु मध्यका अधिकांशले सरकारको नेतृत्व गरिसकेका पात्र हुन् । एमसीसी परियोजनासंग डा। बाबुराम भट्टराईदेखि, प्रचण्ड, ओली र देउवा सबै प्रत्यक्ष सम्बन्धित छन् । तर, एमसीसीको विषयमा मुख खोलेर बोल्ने आँट कोही कसैले गरेनन्। एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउने प्रावधानकै कारण संसदबाट यसको निकास हुने देखिएको छ। तर, मुख्य दलका शीर्ष नेता ठिक या बेठिक, यससको ठोस जवाफ कोही कसैले दिन हिम्मत गरेको छैन ।
निवर्तमान ओली सरकारले एमसीसी परियोजनाको विषयलाई २०७६ असारमा संसदमा पेश गरेको थियो । एमसीसी संसदमा पुगेको पनि दुई वर्ष बढी भो, तर, त्यसको भविष्य के हुने भनेर संसदले निर्णय गर्न सकेको छैन । लामो समयदेखि विचाराधीन रहेको एमसीसीको विषयमा अनुमगन गर्न एमसीसी उपाध्यक्ष फतिामा जेड सुमार बिहीबार नेपाल आइन् । त्यस दिन यता उनले विपक्षी दलका नेतादेखि पूर्वप्रधानमन्त्री र बहावलावा प्रधानमन्त्रीसंग भेटिन् । मुख्य दलका शीर्ष नेताहरुसंग भेट गरेकी एमसीसी उपाध्यक्ष फतिमाले ठोस जवाफ पाउन नसकेकी मात्रै होइन, एमसीसी संसदबाट पारित गराउनै पर्नै दबाबसहित राजनीतिक भेट भेटलाई तेज बनाइन्।
भेटको अवसरमा फतिमाले मुख्य पाँच सन्देश दिएकी छिन्। उनको सन्देशमा एमसीसी छिटो भन्दा छिटो संसदबाट अनुमोदन गर्न आग्रह रहेको छ। एमसीसीमाथि पटक पटक उठ्दै आएको मुल प्रश्न यो सैन्य रणनीतिभित्र पर्छ या पर्दैन भन्नेमा उनले सैन्य रणनीति नभएको सन्देश दिएकी छिन्। एमसीसी परियोजना नेपालको छनौट गरेको परियोजना भएकोले भ्रममा नपर्न पनि आग्रह गरेकी छिन् । भेटका अवसरमा उनले एमसीसी पारित गराउन आफूले कुनै दबाब नदिएको पनि बताएकी छिन् । नेपालले निर्णय गर्ने कुरामा कुनै दबाब नभएको उनको भनाइ थियो । विसं २०७४ मा एमसीसी सम्झौता भएको हो । ४ वर्षे म्याद रहेको एमसीसीको अवधि यही भदौ २९ मा सकिदै छ। २ वर्षदेखि संंसदमा विचाराधीन रहेको एमसीसीको विषयमा छिटो निर्णय लिनुपर्ने उनको दबाब थियो । नेपालले एमसीसीको विषयमा छिटो निर्णय गर्न नसके एमसीसी बाहिरिने संकेत गरेकी छन् ।
एमसीसी परियोजना नेपालको हितमा छ या छैन, त्यो फरक पाटो भो। तर, एमसीसीको विषयमा दलका शीर्ष नेताले जे जस्तो अनविज्ञता दर्शाए,त्यसले नेपाली नेताहरुको कूटनीतिक अक्षमतालाई खुलस्त दर्शाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *