नयाँ बजेट सरकारको बलमिच्याइँ : एमाले

 ग्लोवल टि.भी.      शनिबार, भदौ २६, २०७८      0

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले बलमिच्याइँ गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले आफ्नो सरकारले ल्याएको बजेटको लोकप्रिय कार्यक्रम कटौती गरी हचुवाको भरमा कार्यक्रम थपेको निष्कर्ष निकालेको हो ।

पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु आपत्तिजनक भएको एमालेको ठहर छ ।

अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेकोमा एमालेले आपत्ति जनाएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *