जेलमै निधन भयो, पेरु माओवादी नेता गोन्जालोको

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

पेरुको माओवादी नेता गोन्जालोको मृत्यु भएको छ । पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उनको मृत्यु भएको अन्तराष्र्टिय संचार माध्यमहरूले जनाएका छन्।

पेरुमा सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका नेता गोन्जालोकै नेतृत्वमा भएको थियो।

गोन्जालोको ८६ वर्षको उमेरमा जेलमै मृत्यु भएको हो। पेरुमा वामपन्थी रास्ट्रपति पेद्रो कास्टियो आएपछि उनको रिहाईको माग विश्वभरका वामपन्थीबाट हुँदै आएको थियो।

नेपाली वामपन्थी नेताले नि उनको रिहाईको माग गरेका थिए। नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट विचारधाराका नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेको थियो।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोन्जालोले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएकोले उहाँको रिहाइ गर्नुपर्ने बताए ।

७० हजार पेरुको नागरिक मारिएको साइनिङ पाथ आन्दोलन व्यापक आलोचित आन्दोलन हो।

गोन्जालोलाई २८ वर्ष अगाडि सन १९९२ को सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ गरिएको थियो।

सुरुमा युनिभर्सिटीको विद्यार्थी आन्दोलन सगै पछि माओवादी आन्दोलन सुरु गरेर गोन्जालो जङ्गल पसेका थिए।

 

 

 

 

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *