एमालेले डाक्यो संसदीय दलको बैठक, आज पनि संसद् चल्न नदिने संकेत

सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको

 ग्लोबल टिभि      आइतवार, भदौ २७, २०७८      0

नेकपा एमालेले आज पनि संसद् अवरुद्ध गर्ने संकेत दिएको छ। शनिबारको स्थायी कमिटी बैठकपछि संचारकर्मीहरूलाई निर्णय सुनाउदै गर्दा एमाले सचिव योगेश भट्टराईले आइतबारको ससद् चल्न नदिने छनक दिए।

शनिबारनै एमालेले संसदीय दलको बैठक पनि आवहन गरेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अबको रणनीतिबारे छलफल गर्ने बुझिएको छ।

सभामुखको असमझदारीका कारण भन्दै गएको २३ गतेबाटै एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ।

सरकारले जबर्जस्ती बजेट, बजेट प्रतिस्थापन विधेयक मार्फत ल्याएको आरोप लगाएको एमालेको आज मध्यान्ह १२ बजे बस्ने बैठकले सभामुख र सरकारविरुद्ध थप रणनीति तय गर्ने एमाले कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको हो ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरहँदा सभाुमखले प्रमुख प्रतिपक्षीसंग संवाद समेत नगरी संसदका कारबाही अघि बढाउँदै आएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *