संसद् बैठक बस्दै, आज पनि एमालेलाई पेलेर अघि बढ्लान त सभामुख ?

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

सरकारले सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधिसभाको बैठक बस्दैछ।

गएको २३ गते संसद अधिवेशन आवहन पछि सभामुखले दुईबटै बैठक एमालेलाई पेलेरै संचालन गरिरहेका छन्।

आजपनि एमालेको विरोधका बीच बैठक सभामुखले एमालेलाई पेलेरै संचालन गर्ने आकंलन राजनीतिक वृत्तमा चलेको छ।

शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो।

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संदन निरन्तर अवरोध गरिरहेको छ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ।

एमाले फुटाउन सभामुखले भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *