पार्टी विवादको छाँया संबैधानिक परिषदमा पनि

साँझ ५ बजे पुनः बस्ने

 ग्लोवल टि.भी.      मङ्लबार, मंसिर ३०, २०७७      0

काठमाण्डौं । नेकपा भित्रको विवाद संबैधानिक परिषद्मा पनि देखिएको छ ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित भएपछि बिहानको बैठक स्थगित भयो । साँझका लागि फेरि बैठक बोलाइएको बताइएको छ ।
विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बालुवाटारमा बोलाइएको थियो ।
सो बैठकमा प्रमुख विपक्षी दलको नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित रहुनुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
अध्यक्ष र सदस्यहरुबीच समन्वय नगरिएको भन्दै सभामुख सापकोटा बैठकमा अनुपस्थित भएको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *