संसद सञ्चालनबारे एमाले अध्यक्ष ओलीलाई सोध्नुस् : प्रधानमन्त्री देउवा

 ग्लोबल टिभि      आइतवार, भदौ २७, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठक सञ्चालन बारे एमाले अध्यक्ष ओलीलाई सोध्न सुझाएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकपछि बाहिरिने क्रममा प्रधामन्त्री शेरबहादुर देउवाले संसदबारे ओलीजीलाई सोध्न आग्रह गरेका हुन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेका थिए ।सभामुख अग्नीप्रासद सापकोटाले प्रतिनिधिसभाको बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए ।

प्रतिनिधिसभाको आगामी बैठक भदौ २९ गते मंगलबार एक बजेसम्मका लागि स्थगित गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *