नेपालकै आग्रहमा एमसीसी सम्झौता भएको हो : फातिमा

 ग्लोबल टिभि      आइतवार, भदौ २७, २०७८      0

मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको अनुमोदन नभई कार्यान्वयनमा नजाने प्रतिक्रिया दिएका छन् ।

काठमाडौँमा आज पत्रकार सम्मेलन गरी सुमारले यो सम्झौता भएपछि नेपालमा ८ वटा सरकार बनिसकेको र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको दाबी गरे । जतिसक्दो छिटोसम्झौता अनुमोदन हुन्छ त्यति नै चाँडो थलिएको अर्थतन्त्रले सञ्जीवनी पाउने उनको भनाइ छ ।

सुमारसहितको एमसीसी टोली चारदिनअघि नेपाल आएको हो । नेपाल बसाइँका क्रममा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायतसँग पनि एमसीसीबारे छलफल भएको थियो ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *