सत्तापक्ष र सभामुखप्रति उपनेता नेम्वाङ आक्रोसित

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक सञ्चालन गराउन पहल नगरेको भन्दै सत्तापक्ष र सभामुख दुवैप्रति आक्रोश व्यक्त गरेका छन् ।

संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेको आरोप लगाए । उनले संसद अवरुद्ध भईरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनी प्रश्न गरे ।

उपनेता नेम्वाङले पार्टीले निष्काशन गरेका १४ जना सांसदहरुको सूचना संसद सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *