आफू एक्लिँदै जाने चिन्ताले सताएको माओवादी केन्द्रका अध्यक्षको भनाई

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू एक्लिँदै जाने चिन्ताले सताएको बताएका छन ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले चिनिया कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको भन्दै आफू पनि त्यस्तै हुने होकि भन्ने चिन्ताले सताउने गरेको बताए । उनले यस विषयमा चिन्तनमनन गरिदिन पनि बाम बुद्धिजीवीहरुलाई आग्रह गरे ।

अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका इतिहासहरुको समीक्षा गरेर अघि बढ्नुपर्ने बताए । अध्यक्ष दाहालले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढ्न चाहेको पनि दोहो¥याए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *