एमसीसीमा सत्तासिन दलको धारणा बारे हामी बेखबर छौं : नेता भट्टराई

 ग्लोवल टि.भी.      सोमवार, भदौ २८, २०७८      0

नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले मिनिलियम च्यालेन्स कर्पोरेशन एमसीसी बारे अहिले सम्म कुनै धारणा नबनाएको बताएका छन्।

आईतबार एक कार्यक्रमकाबीच उनले सत्तासिन दलहरूले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने बताए।

‘हाम्रो पार्टीले अहिले एमसीसीको बारेमा कुनै धारणा बनाएको छैन। सरकारले एमसिसी ल्याउन खोजेको हो कि होइन, सत्तासिनको धारणा दल एमसीसी बारे के छ भन्नेमा हामी बेखबर छौं। हाम्रो भूमिका प्रतिपक्षी दलको हो,’ उनले भने ।

नेता भट्टराईले एमसीसी पारित गराउन सरकारलाई आफूहरूको आवश्यकता नै नपर्ने दाबी गरे। ‘अहिले देउवा नेतृत्व संग बहुमत छ हामी किन चाहियो,’ उनले भने।

एमसीसीबारे एमालेको अहिले पोजिसन तय नभएको उनको भनाइ छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *