आरजु राणा भइन् क्षेत्रीय प्रतिनिधि

 ग्लोवल टि.भी.      सोमवार, भदौ २८, २०७८      0

डडेल्धुरामा गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि बनेकी छन्।

वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका सन्तान जयवीरसिंहको पनि नाम छ।

तर जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने भएका छन्। भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरसिंहले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी नै दिएनन्। जयवीरसिंहले यसपालि क्षेत्रीय प्रतिनिधि बन्ने आकांक्षा पनि राखेका थिएनन्।

वडा सभापतिमा भने ज्ञानुकुमारी सेठ्ठी भएकी छन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको छ।

सभापति देउवाको क्रियाशील सदस्यता भने केन्द्रबाटै रहेका छन् । डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएका विवादबीच वडा अधिवेशन भएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *