एमालेको अवरोधबीच राष्ट्रियसभा बैठक जारी

 ग्लोवल टि.भी.      सोमवार, भदौ २८, २०७८      0

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा पनि अवरोध जारी राखेको छ । सोमबार बैठक सुरु भएपछि एमालेका सांसदहरुले आ आफ्नो स्थानबाट उठेर विरोध जनाए ।

एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद अवरोध गरिरहेको छ । एमाले विभाजनमा सभामुखको भूमिका रहेको उसको आरोप छ । यही विषयलाई लिएर राष्ट्रियसभा बैठक पनि अवरोध गरिएको हो ।

एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेपछि सभाअध्यक्ष गणेश तिम्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *