उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको १४औं महाधिवेशन अनिश्चित बनेको हो : पौडेल

 ग्लोवल टि.भी.      सोमवार, भदौ २८, २०७८      0

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको १४औं महाधिवेशन अनिश्चित बनेको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले काठमाडौंमा गरेको ‘नीति र नेतृत्व’ विषयक कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेताको सत्ता लिप्साका कारण कांग्रेस महाधिवेशन अनिश्चित बनेको आरोप लगाएका हुन्।

पौडेलले लोकतन्त्रलाई असुरक्षित पार्ने काम नेताहरूबाट भएको र त्यस्ता नेताहरूले देशलाई भड्खालोमा हालेको टिप्पणी गरे।

नेपाली कांग्रेसमा पनि उपद्रो गर्ने नेतृत्व भएको र उनकै कारण पार्टीको महाधिवेशन अनिश्चित बनेको टिप्पणी गरे ।

‘पार्टी जिल्ला कमिटीलाई एकातिर लगाएर पुलिस प्रशासन लगाएर वडा अधिवेशन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यो हामी मान्दैनौं ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *