राष्ट्रिय सभा बैठक : लोक सेवा आयोग विधेयक पारित

 ग्लोवल टि.भी.      सोमवार, भदौ २८, २०७८      0

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ ।

राष्ट्रियसभाको आजको दोस्रो अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोकसेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेश गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनुभएको थियो । योे प्रस्ताव निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो ।

यसअघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिएसम्म बैठक सञ्चालन हुन नदिने अडान राख्नु भएको थियो । एमालेका सांसदको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले राष्ट्रियसभाका पूर्वसांसद रुक्मशमशेर राणाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *