प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले प्रतिनिधिसभा अवरुद्ध गर्ने क्रममा लगाएका नारामा प्रयोग भएका शब्दप्रति नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आपत्ति जनाएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार आह्वान गरेको सर्वदलीय बैठकमा नेपालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसद् नै नचाहेको भन्दै आलोचना गरेका थिए ।
प्रमुख प्रतिपक्षले प्रयोग गरेका शब्दहरूले उहाँहरूले सभ्यताका सीमा नाघेको देखिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता अरुको मानमर्दन गर्न बाहेक उहाँसँग लोकतान्त्रिक चरित्र र संस्कार छैन । यस्तो प्रतिपक्ष हुनु हाम्रा लागि दुः खद भन्दै आलोचना गरेका थिए ।
ओली नेतृत्वको प्रतिपक्ष जिम्मेवार भएर प्रस्तुत नभएको नेपालको भनाइ थियो । प्रतिपक्षी दलका नेताले संसद् र सभामुखप्रति पूर्वाग्रह राखेको पनि उनले बताएका थिए ।
Leave a Reply