ग्लोबल टिभि
मङ्लबार, भदौ २९, २०७८
0
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जादै छन्। प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक झापा जान लागेका हुन्।
ओली यति एयरलाइन्सको उडानबाट आज बिहान १० बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल पुग्ने कार्यक्रम छ । र त्यसपछि बिर्तामोडस्थित सिटी सेन्टरको साई प्यालेसमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्।
भेलामा स्थानीय तह, जिल्ला र केन्द्रीय स्तरको नेता तथा कार्यकर्ताहरू सहभागि हुने बताइएको छ । सम्बोधनपछि अध्यक्ष ओली आजै दिउँसो २ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
Post Views: 659
Leave a Reply