एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

 ग्लोबल टिभि      मङ्लबार, भदौ २९, २०७८      0

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आबद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । एकीकृत समाजवादी रोज्न पाउनुपर्ने दुवैले हालेको रिटमा न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।यससँगै संघीय एकीकृत समाजवादीको सांसद संख्या बढेको छ ।

प्रतिनिधिसभामा एकीकृत समाजवादीको सांसद संख्या २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *