कक्षा १२ को परीक्षा आजदेखि, कोभिड प्रभावितलेपछि परीक्षा दिने पाउने

 ग्लोवल टि.भी.      बुधबार, भदौ ३०, २०७८      0

राष्ट्रिय परीक्षा बोर्डले आजबाट कक्षा १२ को परीक्षा शुरु गर्देछ । दुइपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । असोज ८ गते सम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ बिद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षामा सहभागी सबै बिद्यार्थीहरुलाई कोभिड बिरुद्धको खोप लगाएपछी परीक्षा सञ्चालन हुने भएको छ । पछिल्लेपटक परीक्षा शुरु हुनु ८ दिन अघि श्रावण २३ मा परीक्षा स्थगित गरिएको थियो । आजबाट शुरु हुने परीक्षामा आफनै बिद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कोभिड १९ संक्रमित बिद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था मिलाईएको छ । नियमित परीक्षा सकिए लगतै अर्को सूचना जारी गरी परीक्षा दिने ब्यबस्था मिलाइएको छ । संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने बिद्यार्थीका लागि आइसोलशनको व्यवस्था मिलाउन सबै परीक्षा केन्द्रलाई निर्देशन दिइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *