पाल्पामा एमाले परित्याग गरी दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश

 ग्लोवल टि.भी.      बुधबार, भदौ ३०, २०७८      0

नेपाली कांग्रेस तानसेन नगरपालिका ७ ले आफ्नो पार्टी कार्यालयको स्थापना गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सम्पन्न वडा अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीले पार्टी कार्यालयको स्थापना गरेको हो ।

मंगलबार पार्टी कार्यालयको उद्घाटन गर्दै जिल्ला पार्टी सभापति वीरबहादुर रानाले नवनिर्वाचित समितिलाई बधाई दिनुका संगठनलाई मजबुत बनाउन वडा तहबाट नै पार्टी कार्यालय स्थापना गरेर लाग्नु बताए ।

प्रदेश सभा सदस्य समेत रहेका रानाले १४ औं महाधिवेशन पश्चात लगत्तै स्थानीय तहको निर्वाचन प्रारम्भ हुने भएका आफ्नो सरकार निर्माण सवै नेता कार्यकर्ता जुट्न अपरिहार्य रहेका बताए ।

वडा कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले लगाएतका अन्य विभिन्न पार्टीका दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता दल त्याग गरी कांग्रेस प्रवेश भएका छन् ।

कार्यक्रम वडा सभापति प्रदीप खनालको अगुवाई पार्टी पार्टी प्रवेश भएका नवप्रवेशीहरुलाई टिका, खादा लगाएर पार्टी सदस्यता प्रदान गरेको कांग्रेसले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *