ग्लोबल टिभि
बुधबार, भदौ ३०, २०७८
0
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सदस्य वितरण अभियान सुरु गरेको छ । अध्यक्ष ठाकुरलाई नै सदस्यता दिएर हिजोदेखि वितरण अभियान सुरु गरिएको हो ।
अध्यक्ष यादवलाई लोसपाकै ज्येष्ठ नेता सर्लाहीका प्रदीप नारायण यादवले सदस्यता प्रदान गरे । त्यसपछि अध्यक्ष ठाकुरबाट वरिष्ठ नेता राजेन्द्र महतो, वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झाले सदस्य प्राप्त गरेका छन् ।
हाललाई उनीहरुले १० रुपैयाँ तिरेर साधारण सदस्यता लिएका छन् केही दिनमै सक्रिय सदस्यता लिने कार्यालय सचिव प्रदीप पाठकले बताए ।
Post Views: 907
Leave a Reply