सरकारकै कारण वित्तीय संकट निम्तिएको एमालेको आरोप

 ग्लोबल टिभि      बुधबार, भदौ ३०, २०७८      0

नेकपा (एमाले)ले आफ्नो पार्टीको मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ ।

महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गरेर प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखकोे ध्यानाकर्षण गराए ।

एमाले महासचिव पोखरेलले सरकारले बजेटको विषयमा उदासीन र गैरजिम्मेवार चरित्र देखाएको आरोप पनि लगाए ।आर्थिक वर्ष सुरु भएको लामो समयसम्म पनि प्रतिस्थापन विधेयकको तयारीका नाममासमय गुजारेकोले वित्तीय संकटको परिस्थिति सिर्जना भएको एमालेको आरोप छ ।

लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको महासचिव पोखरेलको तर्क छ ।सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *