काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाउन माग गरेको छ ।
बुधबार विज्ञप्ति जारी गरी राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएकाले राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौंदेखि संसदलाई बन्धक बनाएर र उपसभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ, त्यसैले उक्त अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेश लाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न नेपाल तरुण दल केन्द्रिय समिति अनुरोध गर्दछ ।’
Leave a Reply