एमाले नेतृ अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन् । साथै उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन् ।
बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएकी हुन् । साथै उनले नेकपा विभाजनपछि आफु लामो समय बाहिर बस्नुपर्दा धेरै पीडाबोध भएको गुनासो पनि गरिन् ।
वागमती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी शाक्यले नेकपा विभाजनपछि लामो समय एमाले हुन नसके भन्दै एमालेभन्दा बाहिरै बस्नुपरेको गुनासो सुनाइन् ।
उनले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेको आजको आवश्यक्ता भनेको ‘सुदृढ नेकपा एमाले’ भन्दै यसलाई बलियो र विचार युक्त बनाउन विचारबाट विचलित हुन नहुने बताइन् ।
उनले अबदेखि प्यानलगत चुनाव गर्न सके सुदृढ एमाले बनाउन सकिने दावी समेत गरिन् । उनले पार्टीमा विगतमा विचार शुन्य भएकाले गुटबन्दी मौलाएको भन्दै विचारको छलफल र प्रशिक्षण आवश्यक्ता रहेकाले विगतका गल्तीको निर्मम समिक्षा गर्न जरुरी रहेको बताइन् ।
Leave a Reply