माधव जस्ता नेताको खाँचो नभएको भनाइ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिए ।
काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्दै गए प्रतिरोधमा उत्रिनुपर्ने बाध्यकारी अवस्था नल्याउन सरकारलाई सुझाव दिनुभएको छ। निवर्तमान प्रधानमन्त्री समेत रहुन भएका ओलीले आफ्नो सरकारको पालामा शान्तिपूर्ण जुलुसमा लाठी कहिल्यै नहानिएको दाबी गर्नु भएको छ। तर,गठबन्धनको नयाँ सरकारले जनताको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर निरंकुश बनेको आरोप लगाए ।
त्यसैगरी अध्यक्ष ओलीले अर्काे प्रसंगमा पार्टीमा माधवकुमार नेपाल जस्ता पात्र आवस्यक नभएको बताए । पार्टीमा गुटबन्दीमात्र गर्नेहरुले पार्टी छोड्नु उचित भएको पनि बताए ।कार्यक्रममा एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गरे । पार्टीभित्रको विवादको समीक्षा गर्दै एमालेलाई अभैm बलियो पार्टी बनाउनका लागि पनि माधव नेपाल फर्कन उपाध्यक्ष शाक्यले आग्रह छ ।
Leave a Reply