एमाले पुनःसत्तामा फर्किछ :नेता रामबहादुर थापा

 ग्लोबल टिभि      बिहिबार, भदौ ३१, २०७८      0

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले एमाले पुनःसत्तामा फर्किने बताए ।

एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले दक्षिणपन्थी र अदालतको परमादेशका कारण एमाले सत्ताबाहिर जानु परे पनि पुनः राज्यसत्तामा फर्किने दाबी गरे ।

बादलले प्रचण्ड–माधवलाई दक्षिणपन्थीको संज्ञा दिदै उनीहरूले पुँजिवादीहरूको सहकार्यमा कम्युनिष्ट पार्टीको नेतृत्वलाई बदनाम गराउन दुष्प्रयास गरेको आरोप लगाए । पूर्व गृहमन्त्री समेत रहनु भएका नेता थापाले राजनीतिक रूपमा एमाले सत्ताबाहिर पुगेपनि जनताले पुनः सरकारमा पुराउने दाबी गरे ।

एमालेप्रति जनताको अथाह विश्वास भएको दाबी गर्दै नेता थापाले दक्षिणपन्थी विर्सजनवादीहरु पतन भएर जाने दाबी गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *