ग्लोबल टिभि
शुक्रबार, अशोज १, २०७८
0
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नेता र आफ्नो पार्टी अरूभन्दा फरक हो भन्ने मान्यता स्थापित गरेर अघि बढ्ने दावी गरेका छन्।
आज मीनभवनमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्दै उाले आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गरी अघि बढ्ने दावी गरेका हुन्।
नयाँ पार्टी कार्यालयमा पार्टी अध्यक्षको पदभार ग्रहण गर्दै नेता नेपालले आफूहरूले अरू नेताहरूको जस्तै गफ लगाएर मात्र छाड्ने होइन काम गरेर देखाउनेसमेत प्रतिबद्धता जनाए । कार्यक्रममा अध्यक्ष नेपालले तत्काल अरू पार्टीहरूसँग कुनै प्रकारको एकीकरण पनि नगर्ने पनि प्रस्ट पारे । त्यस्तै अहिले रहेको पाँच दलको गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राखेर अघि बढ्ने बताए।
Post Views: 593
Leave a Reply