कांग्रेस क्रियाशील सदस्यता विवाद सहमति नजिक

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज १, २०७८      0

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन ।

कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ ।बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील सदस्यता विवाद पनि सहमति नजिक पुगेको पुगेको हो । प्रदेश दुईका धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, सिराहा र पर्सा गरी आठ वटै जिल्लामा क्रियाशील सदस्यतालाई लिएर विवाद देखिएको थियो ।

क्रियाशील सदस्यता छानबिन समितिले धनुषा–४, सर्लाही–२, बारा र सप्तरीको सदस्यता विवाद सुल्झाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो । त्यस्तै रसुवा, बाँके, कैलाली, सुर्खेत र डोल्पामा समायोजनलाई लिएर विवाद थियो ।कांग्रेसमा क्रियाशील सदस्यता विवादमा सहमति खोज्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले छलफल गरिरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *