ग्लोबल टिभि
शुक्रबार, अशोज १, २०७८
0
काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थराज्यमन्त्री नियुक्त गरेका हुन् ।
शुक्रवार साँझ उनीहरूले पद तथा गोपनीयताको सपथ लिए । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट र बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।
Post Views: 505
Leave a Reply