एमसीसीमा धेरै राजनीति भयो : कानूनमन्त्री कार्की

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज १, २०७८      0

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन्

सुनसरीमा शुक्रवार आयोजित कार्यक्रममा मन्त्री कार्कीले दलीय खिचातानीले ओझेलमा पार्न खोजेको भन्दै जसरी भए पनि संसदबाट पास गराउनुपर्ने बताएका हुन् । उनले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने तर्क गरे ।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताए । संसद भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केही दिनभित्रै निकास निस्कने विश्वास व्यक्त गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *