सरकारलाई एमालेको चुनौती : हामीबिना एमसीसी पास गरेर देखाऊ

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज १, २०७८      0

काठमाडौँ : नेकपा(एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले आफूहरूको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसीसी संसद्बाट पास गर्न चुनौती दिएका हुन् ।

‘विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको थियो’, उनले प्रश्न गरे, ‘गलत भए किन सम्झौता गरेको ?’ उनले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए ।

नेता ज्ञवालीले  सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रूपमा नलिएको दाबी गरे । समस्या नै नभएको चीनसँग सीमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको उनको आरोप छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *