प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठकमा नआउने

 ग्लोवल टि.भी.      बुधबार, पुस १, २०७७      0

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठकमा नआउने बताएका छन् ।

स्थायी कमिटीको बैठक अगाडि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्री ओलीले बैठकको एजेण्डाबारे चासो राखेका थिए ।

प्रचण्डले पार्टीमा आएका प्रस्तावहरुमाथि छलफल गर्ने बताएपछि ओलीले नआउने जानकारी गराएका हुन् ।

ओली र प्रचण्डको भेट सकिएको छ । तर १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक सुरु भएको छैन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *