ग्लोबल टिभि
शनिबार, अशोज २, २०७८
0
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताएका छन्। गणेशमान सिंहको २५ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
गणेशमान सिंह फाउन्डेसन्ले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेस सँस्थापनइतर समूहबाट साझा उम्मेदवारको सम्भावना अझै टरिनसकेको बताए।
नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै छिटै सरकारले पूर्णता पाउने बताए। कम्युनिष्टहरु असफल हुँदा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको उनको भनाइ थियो।
Post Views: 593
Leave a Reply