ग्लोबल टिभि
शनिबार, अशोज २, २०७८
0
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम गएका छन् । पार्टीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेता मातृका प्रसाद यादव आज जनकपुरधाम गएका हुन् ।
स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय सांसद बोधमाया यादवलगायतका नेता कार्यकर्ता एयरपोर्ट पुगेका थिए ।
प्रशिक्षण कार्यक्रमका लागि प्रदेश २ का आठै जिल्लाबाट अगुवा नेता कार्यकर्ता गएका छन् । केहीबेरमा कार्यक्रम सुरु हुनेछ ।
Post Views: 691
Leave a Reply