जसपा नेपालले संविधान दिवसमा भाग नलिने

 ग्लोबल टिभि      शनिबार, अशोज २, २०७८      0

काठमाण्डौ सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने भएको छ ।

नेपालको संविधान २०७२ जारी भएको भन्दै जसपाले दिवसका अवसरमा सरकारले गर्ने कार्यक्रममा भाग नलिने निर्णय गरेको हो । अध्यक्ष उपेन्द्र यादवले शनिवार विज्ञप्ति निकालेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै सच्चाउन दबाबका लागि भोलि आइतवार असोज ३ गते विभिन्न अन्तरक्रियाका कार्यक्रम गर्ने बताए ।

जसपाबाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा) ले भने संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने भएको छ । आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदैछ ।२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । संविधान दिवसका दिन राष्ट्रिय झण्डा घर घरमा सम्मानका साथ राख्न सरकारले अनुरोध गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *