खर्बाैँ रुपैयाँ तलमाथि पर्नेगरी करका दर हेरफेर गरेको अध्यक्ष ओलीको आरोप

 ग्लोबल टिभि      शनिबार, अशोज २, २०७८      0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बाैँ रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दर हेरफेर गरेको आरोप लगाए ।

काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बाैँको खेल गरेको बताए । आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उहाँले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे ।

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *