संविधान दिवसको अवसरमा मोदीदेखि बाइडेनको शुभकामना

 ग्लोबल टिभि      आइतवार, अशोज ३, २०७८      0

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताकि छिन्।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारील राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने बताएकि हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुनको शुभकामना सन्देशमा संविधानमार्फत गरेका संकल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र संवर्धन अनिवार्य शर्त भएको उल्लेख छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयनसँगै देशको समुन्नतिलाई सुनिश्चित गर्नु आवश्यक देखिएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा कार्यान्वयनमा सहजता आउने उल्लेख गरेका छन्।

नेपालको संविधान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै मोदीले संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनस्तरको सम्बन्धले भारत र नेपाललाई जोडेको भन्दै मोदीले दुवै देशबीचको विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीच मात्र रहेको उल्लेख गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *