कांग्रेस वडा अधिवेशन नजिकिँदै गर्दा पनि १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न बाँकि

 ग्लोबल टिभि      आइतवार, अशोज ३, २०७८      0

पछिल्लोपटक बनाइएको कार्यतालिकाअनुसार वडा अधिवेशन आउन दुई दिन मात्रै बाँकी रहे पनि नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन।

सभापति शेरबहादुर देउवाले क्रियाशीलको सूची केन्द्रीय निर्वाचन समितिलाई दिएपछि उक्त समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्ने व्यवस्था छ।

महाधिवेशन कार्यतालिकाअनुसार यही असोज ५ मा २० जिल्लाभित्र वडामा अधिवेशन हुनुपर्नेछ। तर कांग्रेसले प्रदेश नम्बर २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न सकेको छैन।

१३ जिल्लामध्ये कांग्रेसले चार जिल्लाको क्रियाशील सदस्यता विवाद भने मिलाइसकेको छ। डोल्पा, सर्लाही, सुर्खेत र कैलालीको विवाद मिले पनि नाम सार्वजनिक भएको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *