नेपालको संविधान सर्वस्वीकार्य छ : एमाले अध्यक्ष ओली

 ग्लोबल टिभि      आइतवार, अशोज ३, २०७८      0

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताए ।

आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा(एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताए । संविधान जारी गर्दाताका केही मतभेद भएको भएपनि अहिलेको अवस्थामा संविधान सर्वस्वीकार्य बनेको उहाँले बताए । मधेशकेन्द्रीत दलहरुप्रति लक्षित गर्दै उहाँले नेपालको संविधानको निष्ठा र बफादारितका साथ सपथ खाइ लाभको पदमा पुग्ने र संविधानमा मतभेद कायम नै छ भन्ने दोहोरो नीति जनतालाई धोका दिने कुरा मात्रै भएको उहाँले बताए ।

संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीको समेटिएको नेपालको नक्सा संविधानको अनुसूचीमा राख्ने बेला सर्वसम्मती भएको उल्लेख गर्दै उनले संविधानको आधारभुत प्रस्तावना, मुल्यमान्यता सही छन् भन्नेकुरामा सर्वस्वीकार्यता भएको बताए ।

अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनका लागि असंवैधानिक, अलोकतान्त्रिक र गैर कानूनी क्रियाकलाप भएको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि यस्ता क्रियाकलापले बाधा सिर्जना गर्ने बताए । उनले सर्वोच्च अदालतप्रति लक्षित गर्दै संविधानको व्याख्याको नाममा संशोधन गरिएको आरोप पनि लगाए ।

उनले संविधानमा स्पष्ट व्याख्या गरिएको कुरालाई उल्लंघन गरेर अर्को कुरा गर्नु व्याख्या नभइ संशोधन भएको तर्क गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *